Einbürgerungstest को तयारी कक्षा

Description
सबैजना मा नमस्ते, लगभग ३ वर्षपछि फेरि पनि Einbürgerungstest 🇩🇪 को तयारी कक्षा संचालन गर्ने गइरहेको छु। ईच्छुक महानुभावहरुले सम्पर्क गर्नुहोला। १. के को लागि चाहिन्छ Einbürgerungstest ❓ -> स्थायी वसोवास (Niederlassungserlaubnis, Daueraufenthalt EU), जर्मन नागरिकता (deutsche Staatsbürgerschaft) २. Einbürgerungstest मा के सोध्ने गरिन्छ ❓ -> जर्मनीको लोकतान्त्रिक जनजीवन, इतिहास र जिम्मेवारी तथा मानिस र समाजको ज्ञान परीक्षार्थीहरुमा हुनुपर्ने हुन्छ। ३१० वटा प्रश्नहरु भएको सूचीबाट सामान्य ज्ञान र सामान्य जर्मन कानून तथा सामाजिक नियमहरू र रहनसहनको बारेमा सोध्ने गरिन्छ। (Leben in der Demokratie, Geschichte und Verantwortung, Mensch und Gesellschaft, + bundeslandspezifische Fragen) ३. यो कक्षा कसको लागि उपयुक्त हुन्छ ❓ ❗ Einbürgerungstest को तयारी स्वयं आफैं पनि गर्न सकिन्छ तर जसलाई आफैं गर्न समयको अभाव छ या जर्मनीमा बसेर पनि माथि उल्लेखित विषयहरुमा निकै कम ज्ञान भएकाहरुको लागि तयार पारिएको हो यो अनलाइन कक्षा। 💭 घोकेर होइन, बुझेर जानौँ ✅ ✅ Test को लागि मात्र नभई यो कक्षाको सहभागिता पछि deutsche Geschichte sowie Rechts- und Gesellschaftsordnung को बारेमा धेरै ज्ञान आर्जन गर्न सकिन्छ। ४. स्थायी वसोवासका लागि योग्य नभएकाहरुले पनि यो परीक्षा दिन सक्नुहुन्छ, किनभने यस प्रमाणपत्रको कहिल्यै म्याद समाप्त हुँदैन। ५. यस विशेष कक्षाको शुल्क जम्मा ५० € राखिएको छ। 🗓️ 12. Feb 2026 🕘 8:48 PM - 9:45 PM (Mo-Fr) ❗शत प्रतिशत आपसी समझदारीमा शनिबार/आइतबार अनियमित कक्षाको सम्भावना यदि Montag-Freitag मा कुनै दिन यहाँहरुको नमिल्ने भयो भने। फारम भर्ने लिंक: https://www.kafalbot.com.np/form_einbuergerung.html बृस्तृत जानकारी: https://www.kafalbot.com.np/courseinfo.html